माओवादीमा ४ सय ७ जना केन्द्रीय सदस्यको जिम्मेवारी तोकियो

123 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४ सय ७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ । आज बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो ।

कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा पेस गर्ने बताइएको छ ।

जिम्मेवारी बाँडफाँट अनुसार अध्यक्ष दाहाललाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ ।

उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ भने उपाध्यक्ष पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई गैरप्रदेश हेर्ने जिम्मा दिइएको छ ।

सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेवारी दिइएको छ ।