वेनिघाटका शिवकुमार कार्कीको अबस्था सार्वजनिक नगरे राष्ट्रि युवा संघ संघर्षमा उत्रने खोजीको माग गर्दै स्थानीय बासी उत्रिए सडकमा

570 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वेनिघाटरोराङ , धादिङ – तीन साता अघि देखि हराईरहेका धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बेनिघाटका ४० बर्षिय शिबकुमार कार्कीको खोजीका लागि अविलम्ब पहल गरिदिन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ ।

गएको असार ३१ गते बेलुकी ७.४६ बजेबाट चरौँदीको हुक्का बार रेस्टुरेन्ट बाट एकाएक बेपत्ता भएका कार्की तीन साता सम्म घर परिवार आफन्त र अरु कोही संग सम्पर्कमा नआएपछि कार्कीको हत्या भएको हुन सक्ने आशंका गर्दै उनको खोजीमा प्रहरी प्रशासनले चासो नदेखाएपछि युवा संघले आईतबार छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएर प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको हो ।

युवा संघका जिल्ला अध्यक्ष सुनिल तामाङको नेत्तृत्वमा गएको टोलीले धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे र प्रहरी उपरिक्षक गौतम मिश्रलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

 

 

तीन साता सम्म वेपत्ता व्यक्तिको अवस्था पत्ता नलाग्नुले घटना शंकास्पद देखिएको भन्दै खोजतलास, अनुसन्धान र दोषि माथि कारवाही छिटो अघि बढाउन युवा संघले आग्रह गरेको छ । कार्किको वास्तविक अवस्था यथाशिघ्र बाहिर ल्याउन र घटनामा संलग्न दोसि उपर प्रचलित कानुन बमोजिम कडा कारवाहि गर्न सम्बन्धित निकाय समक्ष राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङ जोड्दार माग गर्दछ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

 

कुनै पनि बहानामा अपराधीलाई कारवाही गर्नुको सट्टा झनै प्रोत्साहन गर्ने चेस्टा गरेमा युवा संघ नेपाल धादिङले चरणबद्व शशत आन्दोलनको घोषणा गर्ने समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यसै बिच हराईरहेका कार्कीको खोजी गरि सत्य तथ्य बाहिर ल्याउन र शंकास्पद व्यक्तिहरु माथि कारवाहीको माग गर्दै स्थानीय वासीले आईतबार दिउँसो वेनिघाटमा प्रदर्शन गरेका छन् । स्थानीयले हराईरहेका कार्कीको अबस्था सार्वजनिक गर्न ,प्रहरी प्रशासन र स्थानीय सरकारले खासै चासो नदेखाएको भन्दै कडा शव्दमा नारा लगाउँदै प्रदर्शन गरेका थिए ।   बेनीघाटबजार बासीले पक्राउ गरिएकाहरुको मिलेमतोमा शिवकुमारको हत्या गरिएको हुनसक्ने भएकोले खोजी गरिदिन माग गरेका छन् ।

यसै गरी चन्द्रोदय बहुमुखी क्याम्पस नेविसंघ इकाई समितिले पनि प्रेस बिज्ञप्ति जारी गर्दै शिवकुमार कार्कीको खोजतलास गरी अबस्था तत्काल सार्वजनिक गर्न शंकास्पद व्यक्तिहरु माथि कारवाही गर्न माग गरेको छ ।

 

कुवेतबाट बिदामा आएका कार्की साउन २२ गते श्रमिकको रुपमा विदेश जाने तयारीमा  थिए । असार ३१ गते स्थानीय ३५ वर्षीय इन्द्र कँडेलसँग गते घुम्न हिँडेका थिए । बेनीघाटरोराङ गाउँपालिका–५ भैसेंगौंडा स्थित हुक्का बारमा मदिरा सेवन गरी निस्केका  कार्की हालसम्म पनि नभेटिएकोले हत्या भएको आशंका गरिएको  शिवकुमारका दाजु सोनिज कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले बेनीघाट रोराङ गाउँपलिका–५ की ४० वर्षीया कुमारी तिवारी, सँगै घुम्न हिँडेका र अन्तिमसम्म सँगै होटलमा मदिरा पिएको साथी ३५ वर्षीय इन्द्र कँडेललाई सोधपुछका लागि प्रहरीले पक्राउ गरेको छ ।

आरोपितहरुविरुद्ध किटानी जाहेरी हाल दर्ता नभएपनि मानिस हराएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनुभयो ।

हराएको सम्बन्धमा खोजविन गरि कर्तव्य गर्नेहरुलाई कारबाहीको माग गर्दै बजारबासीले बिशालटार प्रहरी चौकीमा धर्ना दिएका छन् भने बेनीघाटस्थित वडा नम्बर ५ को कार्यालयमा समेत धर्ना दिएको छन् ।

आरोपित तिवारीलाई पटकपटक प्रहरी कार्यालयबाट जिम्मा लिएर वडाध्यक्षले लगेको र हराएपछि खोजी गर्न नसघाएपछि बजारबासी वडाध्यक्षविरुद्ध आक्रोसित भएर नारा जुलुस समेत गरेका छन् ।