जुम्ल्याहा बच्चा जन्माएकी बाजुराकी एक सुत्केरीको मृत्यु

390 पटक पढिएको

२२ श्रावण २०८०, सोमबार १२:२८ सम्पादक: धादिङ न्यूज

बजुरा। जुम्ल्याहा बच्चा जन्माएकी बाजुराकी एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको खप्तडछेडेदह गाउँपालिका ४ खातिगाउँकी २९ वर्षीया रिठु धामी रहेकी छन्।

जुम्ल्याह छोरा जन्माएको केही समयमै रिठुको सेती प्रादेशिक अस्पताल धनगढीको आइसियुमा उपचारको क्रममा मृत्यु भएको स्थानीय शुशील धामीले बताए। रिठुको पेटमा दुइवटा बच्चा रहेको जानकारी पछि उनलाई १ महिना पहिलानै बाजुराको गुदुखाति स्वास्थ्य चौकीले धनगढी रिफर गरेको थियो।

रिठुले सेति प्रादेशिक अस्पतालमा शुक्रबार बिहान एउटा छोरा सामान्य जन्माएको र अर्को छोरा भने अप्रेशन मार्फत जन्माएको अस्पतालले जनाएको छ। रिठुलाई अफ्ठयारो भएपछि आईसियुमा राखेर उपचार गरिएको थियो। उपचारका क्रममा शनिबार साँझ आईसियु कक्षमा रिठुको मृत्यु भएको हो।