प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

76 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी भोली मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो । बैठक आज १ बजेका लागि बोलाइएको थियो । संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक साउन २३ गते (मंगलबार भोलि) दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको जनाएको छ ।