संसद् नचल्ने र बार्गेनिङ मात्रै चल्ने भइरहेको भन्दै रवि लामिछानेद्वारा आपत्ति
152 पटक पढिएको

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् नचल्ने र बार्गेनिङ मात्रै चल्ने भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
कैयौँ कानुन बनाउनुपर्ने र कैयौँ संशोधन गर्नुपर्ने तथा जनसरोकारका कैयौँ मुद्दामा छलफल गरेर निर्णय गर्नुपर्नेमा संसदमा बार्गेनिङ चलिरहेको उहाँको आरोप छ । उहाँले संसद् चल्दैन, बार्गेनिङ मात्रै चल्छ भनेर सामाजिक सञ्जालमा लेख्नुभएको छ ।