नौबिसे–नागढुङ्गा आपत्कालीन सुरुङमार्गको भयो ‘ब्रेक थ्रुु’

107 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – नाैबिसे–नागढुङ्गा सुरुङमार्गको ‘रेस्क्यु टनेल’ अर्थात् आपत्कालीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । दुई किलोमिटर पाँच सय ५७ मिटर लामो सुरुङ धादिङ र काठमाण्डाै दुवैतर्फबाट छिचोलिएको सडक विभागले जनाएको छ ।

सडक छिचोल्ने काम पूरा हुने बेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईँ, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थिति रहेको थियो ।

सुरुङ खन्ने काम सकिए पनि अरू काम बाँकी छ । मुख्य सुरुङ मार्ग पनि अबको चार महिनाभित्र छिचोलिने विभागले जनाएको छ । दुई किलोमिटर छ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग अब पाँच सय २५ मिटर खन्न बाँकी छ । नयाँ समस्या नआएमा २०८१ सालको पुसमा सुरुङबाट गाडी चल्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले दाबी गरेको छ ।