संसदको अवरोध हटाउने बसेको शीर्ष नेताको बैठकले निष्कर्ष निकाल्न सकेन
157 पटक पढिएको

काठमाडौं । एमालेले गर्दै आएको संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरसहित बसेको तीन दलको शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ ।
सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच दुईपटक छलफल भएको थियो ।
हिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको हो । बैठक भोलि फेरि बस्ने भएको छ ।