पहिरोमा घर पुरिँदा एकको मृत्‍यु, छ जना बेपत्ता

212 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिका–५, सिग्रेमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वाग्मती–५, सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिरोले पुरिएको हो ।

पहिरोमा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ । अक्कलबहादुर, उनकी छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुलीको हरिहरपुरका १६ वर्षीया पासाङ पहिरोमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।