बाङ्गेमोडमा हायस पल्टिंदा चालकसहित १७ जना घाइते

134 पटक पढिएको

सम्पादक: Dhading News

पोखराबाट काठमाडौँ आउँदै गरेको हायस धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोड स्थित पृथ्वीराजमार्गमा पल्टिंदा चालकसहित १७ जना घाइते भएका छन् ।   तीब्र गतिमा कुदेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियंत्रित भई सडक छेउमा पल्टिएको हो । घाइते हुनेहरुमा तीन जना महिला र ११ जना पुरुष छन् । छ जना गम्भीर घाइते छन् । ती मध्ये ४ जनालाई काठमाडौ पठाइएको र गम्भीर घाइते ४ जनालाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौ लाने तयारी भैरहेको प्रहरीले जनाएको छ । पोखराबाट २ जना बच्चासहित १७ जना सवार थिए । बच्चाहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा तीन महिला र नौ पुरुष छन् ।

छ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेमध्ये तीन जनालाई काठमाडौँ पठाइएको र गम्भीर घाइते थप तीन जनालाई गजुरीमा सामान्य उपचारपछि काठमाडौँ लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार सामान्य घाइतेको गजुरीका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । माइक्रोबसमा दुई जना बच्चासहित १६ जना सवार थिए । बच्चाको अवस्था भने सामान्य रहेको छ ।