प्रतिनिधिसभाको बैठक बस्दै

147 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो पनि डाकिएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्ने नबस्ने भने प्रतिपक्षी एमालेको हातमा छ । सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

मंगलबार बसेको बैठकमा एमालेले सय किलो सुन तस्करीको अनुसन्धानबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिनुभएको बयानप्रति असन्तुष्टि जनाउँदै अवरोध गरेको थियो ।

मंगलबार प्रतिनिधिसभामा गृहमन्त्री श्रेष्ठले दिएको जवाफमा चित्त नबुझेको भन्दै एमालेले मंगलबार पनि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न दिएन ।

यस्तै, राष्ट्रियसभाको बैठक पनि बुधबार दिउँसो १ बजे नै डाकिएको छ । राष्ट्रियसभामा पनि एमाले अवरोध कायम छ ।