नागरिकतासम्बन्धी देखिएका समस्या समाधान गर्न नियमावलीको अन्तिम ड्राफ्ट पूरा : गृहमन्त्री श्रेष्ठ

147 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम ड्राफ्ट पूरा भइसकेको र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री श्रेष्ठले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम ड्राफ्ट मन्त्रिपरिषदमा पेस हुने बताउनु भयो । उहाँले नागरिकता पाउने नेपालीहरुले नागरिकता नपाउँदा परेको दुःखलाई सम्बोधन गर्नका लागि नै नागरिकता ऐन आएको बताउनु भयो ।

गृहमन्त्री श्रेष्ठले नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्नेकुरा संविधान र कानूनसँग मेल नखाने भन्दै नियमावलीमा त्यसलाई व्यवस्था गर्न नसकिने बताउनु भयो ।