कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु
409 पटक पढिएको
सङ्खुवासभा। सङ्खुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ।
आज बिहीबार बिहान कारागारभित्र झडप हुँदा आकाश बलामी र बिनोद तोलङ्गीको मृत्यु भएको प्रहरीले जनाएको छ। झडप हुँदा दुबै जना घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु उनीहरुको भएको हो।
तोलाङ्गी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए। मंगलबार राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर पुनः कारागारमा लगेको थियो। त्यसपछि कारागारभित्रै रहेका कैदी कर्मचारीले कुटपिट गरी हत्या गरेको कारागार प्रशासनले जनाएको छ।







