कपिलवस्तुमा पोखरीमा एकै परिवारका जुम्ल्याहा दाजुभाइको मृत्यु

217 पटक पढिएको

२४ श्रावण २०८०, बुधबार १८:४२ सम्पादक: धादिङ न्यूज

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा एकै परिवारका जुम्ल्याहा दाजुभाइ मृत भेटिएका छन् । मंगलबारदेखी हराएका कृष्णनगर-५ बगहीमा जुम्ल्याहा दाजुभाइ घर नजिकैको पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

५ वर्षीय जुम्ल्याहा दाजुभाइ राजन यादव र साजन यादव मंगलबार हराएको सूचना राती ९ बजे पाए लगत्तै खोजीमा निस्केको प्रहरीको टोलीले उनीहरुको शव आज बिहान घर नजिकैको पोखरीमा फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दाजुभाइ माटो निकालेर पानी जमेको खाडलमा मृत अवस्थामा फेला परेको बताएको छ। प्रहरीले दुवै शवको पोष्टमार्टम गरि परिवारलाई बुझाइएको जनाएको छ ।

प्रहरीले घटना बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।