छाउगोठमा सुतीरहेको अवस्थामा बैतडीमा एक किशोरीको सर्पको टोकाइबाट मृत्यु

237 पटक पढिएको

२४ श्रावण २०८०, बुधबार १९:१३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । महिनावारी भएर गोठमा सुतीरहेको अवस्थामा बैतडीकी १६ वर्षीया किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी अनिता चन्दको मृत्यु भएको हो।

पञ्चेश्वर–४ का वडाध्यक्ष जनक बहादुर चन्दले महिनावारीमा गोठमा बसेका बेला सर्पले टोक्दा अनिताको मृत्यु भएको बताउनुभयो । महिनावारी भएपछि अनिता ४ दिनदेखि उनी गाइ–भैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्। अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन्।