‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ भन्दै ट्याक्सी चालक प्रदर्शनमा

303 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शनमा उत्रिएका छन् । ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएर चालकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

ट्याक्सीको मिटरको सिल तोडिएको पाइएमा गाडी धनी र चालक जेल जानुपर्ने कानुन खारेज हुनुपर्ने, रातो प्लेटका र दुई पांग्रे सवारी साधनलाई यात्रु बोक्न रोक लगाउनु पर्ने लगायतका माग उनीहरुले राखेका छन् ।