स्वास्थ्यमा समस्या देखिएपछी कानुनमन्त्री गुरुङ अस्पताल भर्ना
377 पटक पढिएको
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्वस्थ हुनु भएको छ। अकसमात स्वास्थ्यमा समस्या आएपछी मन्त्री गुरुङ अस्पताल भर्ना हुनु भएको छ ।
उहाँलाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।स्वकीय सचिव प्रेमप्रकाश केसीकाअनुसार मन्त्री गुरुङको ‘ब्लड प्रेसर लो’ हुँदा स्वास्थ्यमा समस्या आएको हो ।
अहिले उहाँलाई अस्पतालले अब्जरबेसनमा राखेको र चेकअफ भइरहेको केसीले जानकारी दिनुभयो । स्वास्थ्य अवस्था भने सामान्य रहेको केसिले भनाइ छ।







