काठमाडौं महानगरका प्रहरी र स्थानीयबीच झडप

122 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । काठमाडौं महानगरका प्रहरी र स्थानीयबीच झडप भएको छ ।

स्थानीय वासिन्दासँग समन्वय नगरी कपनमा खहरे खोला खन्न गएको भन्दै झडप भएको हो ।

आज कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप भएको हो । काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरेर घर टहरा बनाइएको पाइएपछि भत्काउन खोजिएको महानगरले जनाएको छ ।