बुद्धको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काएर अवतरण

121 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं फर्काएर अवतरण गराइएको छ ।

काठमाडौंबाट भैरहवाको उडान ८५७ नम्बरको जहाजमा आज दिउँसो प्राविधिक समस्या देखिएपछि फर्काएर काठमाडौं विमानस्थलमा अवतरण गराइएको विमानस्थलका प्रवक्ता विजय ढुंगानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार १० माइल टाढा पुगेको जहाजको इण्डिकेटरमा समस्या देखिएपछि फर्काइएको हो ।

विमानमा सवार यात्रुलाई अर्को जहाजबाट भैरहवा पठाउन लागिएको बुद्ध एयरलाइन्सले जनाएको छ । एयरलाइन्स्का अनुसार समस्या देखिएको जहाज नाइन एन–एएनपीलाई टेक्निकल टिमले जाँच गरिरहेको छ ।