राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास

116 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुग्नुभएको छ ।

बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतलनिवास आएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री के विषयमा कुराकानी गर्न राष्ट्रपति कार्यालय जानुभएको हो भन्ने खुलेको छैन ।