सडकमा मकै बेचेर गुजारा गरिरहेकी युवती र नगरप्रहरीबीचको प्रेम सम्बन्ध रहेको यश कुमारको ‘सुस्तरी सुस्तरी’ बजारमा

419 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । गायक यश कुमारको ‘सुस्तरी सुस्तरी’ बोलको गीत बजारमा आएको छ । म्युजिकल फिल्मभिडियोसहित सार्वजनिक गीतमा गायक यश कुमारको स्वर, शन्द तथा संगीत रहेको छ भने गायिका अनु चौधरीले पनि गायनमा साथ दिएकी छिन् । सडकमा मकै बेचेर गुजारा गरिरहेकी युवती र नगरप्रहरीबीचको प्रेम सम्बन्धलाई गीतमा मूख्य कथा बनाइएको छ ।

निकेश खड्काले निर्देशन गरेको म्युजिकल फिल्ममा यश कुमार, अनु थापा, राजेश घतानी, पन्छी तामाङ, अनिता लामालगायत कलाकारको अभिनय छ। उत्तम हुमागाईंले छायांकन गरेको गीतको भिडिओलाई विकास धमलाले सम्पादन गरेका छन्। यसको कथा यश कुमारले तयार पारेका हुन्। गीतलाई यश कुमार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।