राष्ट्रिय सभाको बैठक पनि स्थगित

122 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक आज पनि स्थगित भएको छ। एमालेले अवरोध गरेपछी आजको बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो।

प्रतिपक्षले अवरोध सुरु गरेपछि सत्तापक्षका सांसदले समेत उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो। अर्को बैठक ३१ साउन दिनको १ बजेर १ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ।

सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरी छानबिन समितिको माग गर्दै एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ।