नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई जना पक्राउ

125 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा आज शुक्रबार थप दुई जना डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् ।

सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले बताउनुभयो ।

हिजो नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर ५ जना चिकित्सकलाई पक्राउ गरिएको थियो ।