सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले हामीलाई बोल्न दिएन : ओली

290 पटक पढिएको

२६ श्रावण २०८०, शुक्रबार २०:४३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस सांसद सुनिल शर्मालाई सुन तस्करीबारे बोलेपछि सरकारले पक्राउ गरेको जिकीर गर्दै ओलीले आफ्नो पार्टीका सांसदहरुलाई पनि बोल्न नदिन कांग्रेस सांसदहरु संसद बैठकमा उठ्न थालेको दाबी गर्नुभएको हो ।

नेपाली कला साहित्य डटकमले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार आफैं सो प्रकरणमा संलग्न रहेकाले उसले सत्य बाहिर आउने डरले यसबारे बोल्ने जो कोहीलाई पनि सांसद शर्मालाई जस्तै हत्कडी लगाईदिने चेतावनी दिएको बताउनुभयो ।