हरेक महिना मन्त्रीहरूलाई प्रगति विवरण बुझाउन प्रचण्डको निर्देशन

112 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक महिना मन्त्रीहरूलाई प्रगति विवरण बुझाउन निर्देशन दिएको बताउनुभएको छ ।

चितवनको भरतपुर २२ पटिहानीमा आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन्त्रीहरूले हरेक महिना अनिवार्य रूपमा प्रगति विवरण बुझाउनु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा सम्वृद्धिको यात्रा अगाडि बढाउन सुशासन कायम गरेर भष्ट्राचारको अन्त्य गर्न सरकार दृढ रहेको बताउनुभयो ।

देशमै केही उत्पादन गर्न चाहाने युवाका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।