आगामी तीन दिन भारी वर्षा हुने सम्भावना
2245 पटक पढिएको
काठमाडौं । आगामी तीन दिन भारी र धेरै भारी वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान अनुसार वर्षा र भारी वर्षा आज शनिवारदेखि नै सुरु भएको छ । मौसमविद् गोविन्द झाका अनुसार अहिले सिन्धुली र बर्दिबास आसपासमा भारी वर्षा भइरहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर सर्दा देशका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ । यो क्रम केही दिन यथावत रहनेछ ।