सरकारको स्थिरतामा शंका नगर्न रक्षामन्त्री खड्काको आग्रह

118 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका नगर्न आग्रह गर्नुभएको छ ।

आज आयोजित नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निश्चित कार्ययोजनासहित अघि बढेकाले सरकार स्थिर रहने दाबी गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले व्यापार, व्यवसायमा रहेका समस्याहरुको समाधान गर्दै अघि बढ्न सरकार तयार रहेको पनि बताउनुभयो । उहाँले नागरिक र देशलाई केन्द्रबिन्दु राखेर सरकारले काम गरिरहेको भन्दै आवश्यक ठाउँमा गर्नुपर्ने सुधारका लागि सरकार सदैव तयार रहेको बताउनुभयो ।