कांग्रेस टिप्पणी गर्न लायकको पार्टी होइन : ओली

182 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको बताउनुभएको छ ।

संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो । उहाँले पुच्छरले कुकुर हल्लाएजस्तो भूमिकामा संसदको सबैभन्दा ठूलो दल कांग्रेस रहेकोमा आफू छक्क परेको बताउनुभयो ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले काँग्रेसलाई कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? भनि प्रश्न समेत गर्नुभयो । ओलीले चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल काँग्रेसमाथि आफूहरुले टिप्पणी समेत नगर्ने बताउनुभयो ।