सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता

263 पटक पढिएको

२७ श्रावण २०८०, शनिबार २०:१३ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – बझाङमा सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन् । दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा शुक्रवार साँझ माछा मार्ने क्रममा युवक बेपत्ता भएका हुन् ।

बेपत्ता भएका युवक कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । बेपत्ता बम दुर्गाथली–२ मौरीबगरमा मजदुरी गर्दै आएका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।