लगातारको वर्षाले तीन विमानस्थलमा उडान प्रभावित

53 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिकूल मौसमका कारण आज आइतबार तीन वटा विमानस्थलमा उडान प्रभावित बनेको छ । तुम्लिङटार विमानस्थलमा आइतबारका लागि निर्धारित सबै उडान रद्द भएको छ ।

साथै पोखरा र सुर्खेत विमानस्थल पनि आइतबार बिहानबाटै बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ ।