ओलीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

113 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्नुभएको छ ।

आइतबार आज पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको हो । उहाँले सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिनुभयो ।

अध्यक्ष ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको पनि दोहोर्‍याउनुभयो । जिम्मेवार भएर पनि गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएर हिँड्न अपm्ठ्यारो लाग्नुपर्ने होइन ? ओलीको सञ्चारकर्मी सामु प्रतिप्रश्न थियो ।

ओलीले देश डरलाग्दो अवस्थामा पुगेकाले सबैले गम्भिर भएर अघि बढ्नुपर्ने समेत बताउनुभयो ।