जनमतकी अनिता साह सामान्य प्रशासनमन्त्री बन्ने

128 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । जनमत पार्टीकी सांसद अनिता कुमारी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने निश्चित भएको छ । जनमतबाट मन्त्री बन्न लागेकी साहको भोलि सोमबार शपथ ग्रहण हुने भएको हो ।

साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो ।

जनमतले मन्त्रीका लागि यसअघि नै साहको नाम सिफारिस गरेको थियो ।

आइतबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।