कर्णाली नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
92 पटक पढिएको
काठमाडौं । कर्णाली नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।
चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा सोमबार बिहान पानीको सतह ९ मिटर ३३ सेन्टिमिटर पुगेको छ । पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर ८ सेन्टिमिटर पुगेमा खतरा तह मान्ने गरिएको छ ।
वर्षा निरन्तर भइरहेकाले कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा सूचना दिन थालिएको छ ।