संविधानले दिएको जिम्मेवारी अनुसार काम गर्छु : नवनियुक्त साह

138 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।

सोमबार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्नुभएका उहाँले आफ्नाे मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढंगले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताउनुभएको हो ।

सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री साहले आम नागरिकको लागि मन्त्री पदको जिम्मेवारी लिएकाले संविधानले दिएको जिम्मेवारी अनुसार आफू अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।