नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा बैंकका ६ जना कर्मचारी पक्राउ

150 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ६ जनालाई पक्राउ गरेको हो।

प्रहरी परिसर ६ जनालाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको र अहिले केही भन्न सक्ने अवस्था नरहेको भन्दै पक्राउ परेकाहरुको नाम गोप्य राखिएको बताएको छ ।

यसअघि सीआईबीले अपरेसन फोस्कट्रोटको नाम दिएर नक्कली डाक्टहरुलाई पक्राउ गरेको थियो। ८ जना पक्राउ परेकामा सांसद समेत रहेका सुनिल शर्मालाई अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि ७ जना हिरासतमा थिए।

उनीहरुमध्ये १ जना भने सक्कली रहेको खुलेपछि सक्कलीलाई रिहा गरिएको छ भने अहिले ६ जना नक्कली डाक्टरहरु सीआईबीको हिरासतमा छन्।