ब्रेक–सुबाट बरामद गरिएको सुन ६० केजी ७७९ ग्राम

193 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक–सुबाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ ।

बरामद ब्रेक सुभित्रको सुन गालेर निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।

सोमबार राष्ट्र बैंकको टक्सार विभागले ब्रेक सुको सुन गालेर जोखेको थियो । सुनको परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।