राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

402 पटक पढिएको

३० श्रावण २०८०, मंगलवार १५:५० सम्पादक: धादिङ न्यूज

काठमाडौं। राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको बैठक स्थगित भएको जानकारी दिए। सचिवालयले सूचना टाँस गरी राष्ट्रियसभाको अर्को बैठक भदौ ५ गते मङ्गलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय भएको जनाएको छ।