सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन तयार छु : कृष्णबहादुर महरा

147 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दाङ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार रहेको बताउनुभएको छ ।

दाङमा आज पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताउनु भएको हो ।

सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति आफू तयार रहेको उहाँको भनाई थियो । सुन तस्करी प्रकरणमा जोडिएका भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको उहाँको प्रष्टीकरण छ ।

महराले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको गुनासो गर्नुभयो । उहाँले सुन तस्करीमा कुनै टोलिफोन संवाद नभएको दावी पनि गर्नुभयो ।