पार्टीमा असन्तुष्ट रहेका भीम रावलले भेटे केपी ओलीलाई

84 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । पार्टीमा असन्तुष्ट रहेका एमाले नेता डा. भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष ओली र रावलबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय हुनुहुन्न। उक्त महाधिवेशनमा रावलले ओलीको चाहानाविपरित अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गर्नुभएको थियो ।

पौडेल नेतृत्वको टोली र रावलबीच वैशाख पहिलो साता एक चरणको कुराकानी भएपनि त्यसपछि पुनः कुनै छलफल भएको थिएन ।