सरकारले विकास ऋणपत्रमार्फत पाँच अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने
200 पटक पढिएको
काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्रमार्फत पाँच अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने भएको छ ।
२८ साउन आइतबार विकास ऋणपत्र बोलकबोलमार्फत ६ वर्षका लागि उक्त आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८६ ‘ट’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल ३२ साउनमा र निष्कासन १ भदौमा हुनेछ ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।