सुन तस्करी प्रकरणमा थप चारजना पक्राउ

295 पटक पढिएको

३१ श्रावण २०८०, बुधबार १६:२९ सम्पादक: धादिङ न्यूज

काठमाडौं। सुन तस्करी प्रकरणमा थप ४ जना पक्राउ परेका छन्। ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभयो। उनीहरुलाई थप अनुसन्धानका लागी आज म्याद थप गरिदै छ।

प्रवक्ता कडायतले भन्नुभयो,‘उनीहरुलाई आज म्याद थप हुँदै छ’। सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन्।

राजस्व अनुसन्धान विभागले सुरुमा अनुसन्धान गरेको यो प्रकरणमा पछि सीआईबीलाई जिम्मा दिइएको थियो।

बुधवार, श्रावण ३१ २०८००४:२१:२८