एमालेले सरकार बाहिर बस्नै नसक्ने मानसिकता राख्यो : अर्थमन्त्री

131 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेर सरकार बाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गर्नुभएको छ ।

आज जनकपुरधाममा आयोेजित एक कार्यक्रममा नेपाली कांग्रेस प्रवक्ता समेत रहनुभएकाल अर्थमन्त्री महतले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले समय–समयमा अनावश्यक बहानामा संसद अवरुद्ध गर्दै सरकार बाहिर बस्न नसक्ने मानसिकता एमालेले देखाउनु राम्रो नभएको बताउनुभयो ।

अर्थमन्त्री महतले संसद भनेको समसामहिक विषयमा सहन रुपमा छलफल गर्ने,ऐन कानूनहरु बनाउने थलो भएपनि त्यस्तो बन्न एमालले नदिएको बताउनुभयो ।

उहाँले सरकारले संघीयताको मर्म अनुसार ऐन कानूनहरु बनाउने संसदमा विधेयक प्रश्ताव गर्ने तयारीमा भएपनि एमालेले संसद अवरुद्ध गर्दा नसकिएको बताउनुभयो ।