राष्ट्रपतिले पहिलोपटक बोलाउँदै सर्वदलीय बैठक

127 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने हुनुभएको छ । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताउनुभयो ।

सर्वदलीय बैठक बोलाउने भन्ने भएको थापाले उहाँ राष्ट्रपति भइसकेपछि सबै दलको नेताहरुलाई नभेटेकाले पनि सबैसँग भेटघाट गरेर अहिलेको परिस्थिति बुझ्नका लागि इच्छा गरेको बताउनुभयो ।

थापाका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने छ ।