पशुमा लाग्ने रोगको अनुसन्धान गर्न जरुरी छ : आरजु राणा देउवा

76 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सरकारले पशुमा लाग्ने रोगहरुको अनुसन्धान गर्न जरुरी रहेको बताउनुभएको छ ।

आज संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद राणाले अहिले पशुहरुमा विभिन्न रोगहरु लागिरहेको भन्दै पशुमा लाग्ने रोगहरुको अनुसन्धान गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले उपयुक्त पशु ल्याव स्थापना गर्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद राणाले नेपाललाई कृषि प्रधान देश भनिएपनि उपयुक्त पशु ल्याव नहुनु दुःखद् पक्ष रहेको बताउनुभयो ।