सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

88 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सशस्त्र प्रहरीका १२ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवाका लागि सिफारिस हुनेमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकाश घिमिरे, तिर्थराज पौडेल, जहरसिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल रहेका छन् ।

बढुवा सिफारिसमा चित्त नबुझ्ने सात दिनभित्र उजुरी दिन सकिने छ ।