सुन तस्करी प्रकरणमा थप दुई जना समातिए, पक्राउ पर्नेको संख्या २३ पुग्यो

112 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले हिजो राती दुई जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको हो । यो प्रकरणमा २१ जना यसअघि पक्राउ परेका थिए भने बिहीबार राति पक्राउ परेका दुई जनासहित पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

यसअघि साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ । उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।