प्रधानमन्त्री र सभामुखबीच छलफल

97 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

बिहान बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले संसद् नखुल्दा बाढी पहिरोलगायत प्रकोपका रुपमा फैलिएका रोगका सङ्क्रमणका विषयमा बहस हुन नपाएको बताउनुभयो ।

सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरेर सहमति गरी संसद् खुलाउन उहाँले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभयो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले संसद् खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्ने बताउनु भएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

एमालेले तस्करी भएको सुनको उच्चस्तरीय समिति बनाएर छानबिनको माग गर्दै १० गतेदेखि संसद् अवरूद्ध गर्दै आएको छ ।