नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा नसिम अख्तर पक्राउ

124 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

चितवनमा एमबीबीएस अध्ययनरत नसिम अख्तरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएराति पक्राउ गरेको हो ।

सप्तरीको राजविराज ७ का अख्तरलाई राति नै चितवनबाट काठमाडौं ल्याइएको छ । नक्कली प्रमाणपत्र पेस गरेर एमबीबीएस अध्ययन गरिरहेको भन्ने आधारमा सीआईबीले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो । उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् ।

उनले आईएस्ससी पासको प्रमाणपत्र नक्कली बनाएको आरोप लागेको हो ।