दसैँमा रिलिज हुने ‘पशुपति प्रसाद-२ भष्मे डन’को पोस्टर सार्वजनिक

193 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद–२ : भष्मे डन’को पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा सिनेमाका मुख्य कलाकार विपीन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरेलगायत कलाकार अटाएका छन् ।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछानेको कथा लेखन छ । चलचित्र दसैँको छेको पारेर रिलज हुँदै छ ।