मेडिकल काउन्सिल भन्छ–डा. मन्सुरको परामर्श अवैज्ञानिक
107 पटक पढिएको

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा. दिलजान मन्सुरले गराउँदै आएको आहार सम्बन्धी उपचार विधि अवैज्ञानिक भएको ठहर गरेको छ । काउन्सिलले यस्तो उपचार विधि तत्काल रोक्न डा. मन्सुरलाई अन्तिम चेतावनी दिएको छ ।
काठमाडौंको मैतिदेवीमा एफडीएच क्लिनिक चलाउँदै आएका उनले सबै बिरामीलाई एकै प्रकारको परामर्श दिएको, सबैका लागि एउटै प्रकारको डाइटरी प्लान दिएको बिना तथ्य औषधि थपघट गरेको तथा दीर्घरोगीलाई क्षति हुनेगरी डाइटिङ सिफारिस गरेको काउन्सिलको ठहर छ ।
यसबाट बिरामीलाई अपूरणीय क्षतिको सम्भावना रहेको भन्दै काउन्सिलले वैज्ञानिक मूल्यमान्यतामार्फत् मात्रै उपचार गराउन अन्तिम पटक डा. मन्सुरलाई चेतावनी दिएको छ ।