देशभर फैलियो डेंगु , १५ हजार भन्दा बढी संक्रमित

185 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

२०८० भदौ १ गते
धादिङ न्यूज

काठमाडौँ, १ भदौ । पछिल्लो केहीदिनयता नेपालमा डेंगु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो आठ महिनाको अवधिमा देशभर डेंगु संक्रमितको संख्या १५ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार गएको पुस महिनायता १५ हजा

र ३९४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै डेंगु संक्रमणका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ ।

डेंगुबाट सैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित बनेका छन् । कोसीमा ११ हजार ३७८ र वाग्मतीमा दुई हजार ४६४ जना संक्रमित छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा ४३४ जना संक्रममित भएका छन् ।

पछिल्लो साता उपत्यकाका तीन जिल्लासहित धादिङमा डेंगु संक्रमण बढिरहेको ईडीसीडीको तथ्यांकले देखाएको छ । धादिङमा डेंगु संक्रमितको संख्या एक हजार ७५६ पुगेको छ । ईडीसीडीका अनुसार हालसम्म डेंगु सङ्क्रमण ७५ जिल्लामा फैलिसकेको छ ।

सरकारले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन आग्रह गरेको छ ।